झापा, असोज २४ । विशेष राजनीतिक भेटघाटका लागि भारत गएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका केन्द्रीय संयोजक दुर्गा प्रसाई आज घर फर्किएका छन् ।

आज दिउँसो भारतको पानीटंयाकीबाट काँकडभिट्टा नाका हुँदै प्रसाईं प्रदेश–१– ०१ ००१ च ९१९५ (भारतीय दूतावासको पास भएको) नम्बरको गाडीमा घर फर्किएका हुन् । उनी असोज १८ गते पानीटंयाकी हुँदै दिल्ली गएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सचिवालयले बोलाएपछि उनी दिल्ली गएको बताइएको छ । तर, उनले गरेको राजनीतिक भेटघाटका बारेमा खुलाइएको छैन । केन्द्रीय संयोजक प्रसाई विशेष राजनीतिक भेटघाट र स्वास्थ्य उपचार गरेर फर्किएको अभियानका प्रवक्ता माधव कल्पितले बताए ।

अभियानको केन्द्रीय कमिटीको बैठक असोज ३० गते बस्दैछ । त्यसवारे आगामी आन्दोलनबारे छलफल हुने कल्पितले जानकारी दिए । प्रसाईले छठपछि आन्दोलन गर्ने बताएका थिए । हरेक वर्ष अभियानले मंसिर ७ गते भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्ने गरेकाले सोही सन्दर्भ पारेर आन्दोलन शुरु गरिने कल्पितको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्