झापा, असोज २५ । मेचीनगर नगरपालिका वडा नं ४ स्थित मानव सेवा आश्रममा अर्का आश्रितको मृत्यु भएको छ ।

शिवसताक्षी नगरपालिकाले उद्धार गरी ल्याएको वतन नखुलेका बर्ष ५३ का आश्रेफुल मुस्लिमको मृत्यु भएको हो । हिजो बिहान आश्रममा सुतिरहेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । असोज २० गते उनलाई शिवसताक्षी नगरपालिकाले उद्धार गरी मानब सेवा आश्रममा राखेको थियो ।योसंगै करिव एक वर्षको अवधिमा मानव सेवा आश्रममा ११ जना आश्रितहरुको मृत्यु भइसकेको छ ।
उता दमक वडा न.२ स्थित मानव उद्धार सेवा आश्रमबाट आमाछोरी फरार भएका छन् । हिजो दिउँसो २ बजे मानव उद्धार सेवा आश्रमबाट इलाम फुयतप्पा घर बताउने वर्ष ३४ की डिल्लीमाया लिम्बू र उनकी २ वर्षकी छोरी फरार भएका हुन् । अघिल्लो दिन दमक वडा न.९ क्याम्पसमोडमा ती आमाछोरीलाई दमक नगर प्रहरीले बेवारिसे अवस्थामा फेला पारी मानव उद्धार सेवा आश्रममा लगेर राखेको थियो ।
यसैबीच गएराति ८.२१ बजे उनीहरुलाई इलाका प्रहरी कार्यालय रंगेली मोरङले फेला पारेको छ । उनीहरुलाई ल्याउन दमकमा समन्वय भइरहेको जनाइएको छ ।



