झापा, असोज २५ । ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ झापा आइपुगेका छन् ।

इलामका पहिरोपीडितहरुलाई भेट्नका लागि उनीसहित १० जनाको टोली झापा आइपुगेको हो । मन्त्री घिसिङ,गृह सचिव रामेश्वर दंगाल,प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ,इन्जिनियर दिनेशप्रसाद भट्टलगायत १० जनाको टोली बिहान ८ः१० बजे बुद्ध एयरद्वारा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।
हवाई टिकट नपाएर इलाम आउन नसकेका सरकारका मन्त्रीहरुको एमाले कार्यकर्ताहरुले आलोचना गर्दै आएका थिए ।