झापा, असोज २६ । भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिंचाइ, सहरी विकास मन्त्री कुलमान घिसिङले बाढी प्रभावित झापा गाउँपालिकाको निरीक्षण गरेका छन् ।

असोज १८ र १९ गते परेको अबिरल बर्षाका कारण आएको बाढीले भत्काएको झापा गाउँपालिका –२ स्थित हुलाकी राजमार्गअन्तर्गतको सानो माई खोलाको पुल र १२÷१३ वर्षदेखि वन्दै अलपत्र परेको निर्माणाधीन कन्काई नदीको पुलको उनले निरीक्षण गरेका हुन् । मन्त्री घिसिङसंगै गृह सचिव रामेश्वर दंगाल, इन्जिनियर दिनेशप्रसाद भट्ट लगायत ८ सदस्यीय टोली रहेको थियो ।
मन्त्री घिसिङले भत्केको पुल पुनःनिर्माण वा नयाँ बनाउनु पर्ने बताए । उनले कन्काई नदीको निर्माणाधीन पुलको निर्माणको बिषयमा चाँडै निर्णय लिने जानकारी दिए । उनी आज बिहान काठमाण्डौं फर्किएका छन् । हिजो चन्द्रगढी विमानस्थलमा अवतरण गरी उनी पहिरो प्रभावित इलाम गएका थिए ।



