झापा, असोज २६ । मेची खोलाको बगरमा सडेको शव फेला परेको छ ।

आज विहान अन्दाजी ८ः४० बजे भद्रपुर वडा न.३ भैसाबारीस्थित मेची खोलाको किनारमा पहाडे मुलको जस्तो देखिने पुरुष सडेगलेको अवस्थामा मृत फेला परेका हुन् ।
अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटिएर शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल पठाएको छ ।



