झापा, असोज २६ । झापाको अर्जुनधारामा लडेर एकजनाको मृत्यु भएको छ ।

आज दिउँसो १२ः३० बजे अर्जुनधारा ५ कन्चनबारीस्थित भित्री कच्ची सडकखण्डको किनारामा इलाम फिक्कल कन्याम घर बताउने मिस्त्री काम गरी हिड्ने बर्ष अन्दाजी ३५ का चन्द्र लाप्चा लडेर मृत अवस्थामा फेला परेका हुन् । स्थानीयले खबर गरेपछि कानुनी प्रकृया तथा थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको प्रहरीले जनाएको छ ।



