झापा, असोज २७ । इलाममा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने १४ वर्षीय बालक पक्राउ परेका छन् ।

असोज २५ गते इलाम माई नगरपालिका ७ वस्ने ११ वर्षीया बालिकालाई सोही वडाको फाल्गुनन्द टोल वस्ने १४ वर्षीय बालकले आफनै घर कोठामा लगि जबरजस्ती करणी गरेका हुन् ।

हिजो साँझ पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी चौकी महमाईबाट प्रहरी टोली खटिएर ती बालकलाई नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्