झापा, असोज २७ । सोलुखुम्बुमा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

हिजो साँझ ५.३० बजे सोलुखुम्बु खुम्बु पासाङल्हामु गाउँपालिका –२ स्थित लूजा खोला जलविद्युत आयोजनाको सुरुङ्गामार्गदेखि अडिट जाने सडक निर्माणको क्रममा एक्स्काभेटर सडकबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा चालक सिन्धुपाल्चोक स्थायी घर भएका वर्ष २७ का राजकुमार दोङको घटनास्थलमा नै मृत्यु भएको र पोस्टमार्टमको लागि जिल्ला अस्पताल फाप्लु लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्