झापा, असोज २९ । झापा दमकको पथिभरा गेष्ट हाउसमा एक महिला मृत फेला परेकी छन् ।

हिजो दिउँसो १२ः३० बजे दमक वडा न.६ बस्ने रुपादेबी कडरियाले संचालन गर्दै आएको पाथिभरा गेष्ट हाउसमा काम गर्दै आएकी धनकुटा पाख्रीवास स्थायी घर भएकी अन्दाजी बर्ष ३६ की सम्झना परियार मृत फेला परेकी हुन् । उनी अघिल्लो दिनको राति खाना खाई तीन तले होटलको दोस्रो तलाको सधै सुत्ने कोठामा सुतेकी थिइन् । हिजो दिउँसोसम्म नउठेपछि सोही गेष्ट हाउसमा बसेकी दुर्गा बर्देवाले बोलाउन जाँदा नबोलेको र हेर्दा घोप्टो परी सुतिरहेको अबस्थामा फेला परेकी थिइन् ।

त्यसबारे जानकारी गराउनसाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर हेर्दा परियारको मृत्यु भइसकेको थियो । उनले मादक पदार्थ सेवन गरेको जस्तो देखिएको र कुनै चोटपटक निलडाम नदेखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्