झापा,असोज २९ । नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

पार्टीको बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
यसअघि बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार एमालेले केन्द्रीय समिति बैठकबाट मिति प्रस्ताव गरेको हो।