झापा, असोज ३० । बिजुलीको झिलिमिली जोड्ने क्रममा लडेर बिर्तामोडमा एकजना घाइते भएका छन् ।

हिजो बिहान ११ बजे बिर्तामोड वडा न.१ स्थित विवेक मित्तलको घरमा बिजुलीको काम गर्दै गरेको अबस्थामा बिर्तामोड ४बस्ने वर्ष ३६ का भवित साह लडेर घाइते भएका हुन् ।
घरधनीले गेट बन्द गरेको कारण एकतला माथिबाट हामफाली लड्दा उनको देब्रे हात भाँचिएको र शरीरको बिभिन्न भागमा चोट लागेको छ । घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।