झापा, असोज ३० । करेन्ट लगाएर माछा मार्दा मेचीनगरका एक व्यक्तिको मृत्यु भएको छ ।

आज दिउँसो २.३० बजे मेचीनगर –१५ निलकोठी बस्ने ४२ वर्षीय सन्तोष लिम्बूले घरनजिकै रहेको टिमाई नहर (कुलो)मा करेन्ट लगाई माछा मार्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।बेहोस भएका लिम्बूलाई उपचारको लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट टोली खटिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्