झापा, असोज ३१ । झापामा दिनहुँ प्रतिबन्धित पटाका बरामद गर्ने क्रममा हिजो प्रहरीले करिव ५ लाख मूल्य बराबरको पटाका नियन्त्रणमा लिएको छ ।


हिजो दिउँसो २.३० बजे अर्जुनधारा –८ शनिश्चरे बजार बस्ने रमेश खनालले संचालन गरेको कोल्ड सेन्टरको पश्चिमपट्टिको गोदाममा अन्दाजी ३ लाख मूल्यको पटाका बरामद भएको हो । विभिन्न काटुन तथा बोराहरुमा पोका बनाई अबैधरुपमा राखिएका विभिन्न प्रकारका पटाकाहरु इलाका प्रहरी कार्यालय अनारमनीबाट गएको प्रहरी टोलीले बरामद गरेको थियो ।

त्यस्तै हिजो साँझ ७ः३० बजे बिर्तामोड– ४बस्नेत फ्रेसहाउस छेउमा बेवारिसे अवस्थामा करिव डेढ लाख बराबरको पटाका बरामद भएको छ ।

त्यस्तै हिजो दिउँसो ४ बजे शिवसताक्षी –८ झिलझिलेस्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरी टोलीले सुरुङ्गाबाट दमकतर्फ जाँदै गरेको मे १ ह ३१२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा उक्त अटोमा अबैध रूपमा लुकाई छुपाई लाँदै गरेको अन्दाजी ३५ हजार बराबरको पटाका नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्