झापा, असोज ३१ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) खगेन्द्रबहादुर खड्कालाई “उत्कृष्ट प्रहरी कार्य” पुरस्कार प्रदान गरिएको छ ।


७० औ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय काठमाण्डौमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले राष्ट्र र नागरिक सेवामा समर्पित भई प्रभावकारी प्रहरी सेवा तथा शान्ति सुरक्षा कायम गर्न देखाएको उच्च प्रदर्शन, अनुशासन, व्यावसायिक दक्षता र निरन्तर अठोटका लागि खड्कालाई सो पुरस्कार प्रदान गरेका हुन् ।


बन्द, हडताल, जुलुस, बिरोध कार्यक्रम नियन्त्रणमा डीएसपी खड्काले प्रभावकारी भूमिका निर्वाह गरेवापत् सो पुरस्कार प्रदान गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्