झापा, असोज ३१ । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक संजीब बोगटीलाई उत्कृष्ट प्रहरी कार्य विपद् व्यवस्थापन पुरस्कार प्रदान गरिएको छ ।

नेपाल प्रहरी संगठनको पेशागत कर्तव्यलाई आत्मसात् गर्दै घटित प्राकृतिक र मानव सृजित विपद्का घट्नामा नागरिकको जीउधनको सुरक्षा तथा उद्धार कार्यमा अद्भुत साहस र कुशल व्यावसायिक क्षमताको प्रदर्शन गरी जोखिम व्यवस्थापन कार्यमा महत्वपूर्ण योगदान पुर्याएकोमा ७० औं प्रहरी दिवसको अवसरमा कदरस्वरूप उनलाई सो पुरस्कार प्रदान गरिएको हो ।
प्रहरी प्रधान कार्यालय काठमाण्डौमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङले प्रहरी निरीक्षक बोगटीलाई सो पुरस्कार प्रदान गरेका थिए ।