झापा, कात्तिक १ । उपचार खर्च मिनाहा गरी ५ लाख क्षतिपूर्ति दिने सहमतिपछि बीएण्डसी अस्पतालको विवाद मिलेको छ ।

गएराति अस्पताल प्रशासन र बिरामीका आफन्तबीच वार्ता भई अस्पतालले बिमारीको सम्पूर्ण उपचार खर्च मिनाहा गरिदिने र क्षतिपूर्तिबापत नगद ५ लाख दिने सहमति भएको हो । गत असोज २९ गते भद्रपुर ७ बस्ने ४४ वर्षीय दशरथ तामाङ जिब्रोको क्यान्सर सम्बन्धी बिरामी भई उपचारको लागि बीएण्डसी अस्पतालमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा भर्ना भएका थिए । त्यसको भोलिपल्ट अस्पतालले अप्रेशन गरी आइसीयुमा राखेको थियो ।

हिजो साँझ बिरामी अन्तिम अवस्थामा रहेको भनी डाक्टरले जानकारी गराएपछि बिरामीका आफन्तहरुले डाक्टरको लापरवाहीको कारण बिरामी अन्तिम अवस्थामा पुगेको भन्दै विवाद गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्