झापा, कात्तिक १ । बिजुलीको झिलिमिली जोड्ने क्रममा बिर्तामोडमा अर्का एकजना घाइते भएका छन् ।

हिजो दिउँसो ३ बजे कचनकवल वडा न. २ बस्ने १८वर्षीय श्यामसेन गुरुङले बिर्तामोड वडा न. ५सुब्बा चोकस्थित आफ्नै हजुरआमा सन्तमाया गुरुङको घरमा विजुलीको बत्ती जोड्ने क्रममा उनलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पतालमा लगिएको छ

तीन दिनअघि बिजुलीको झिलिमिली जोड्ने क्रममा लडेर बिर्तामोडमा एकजना घाइते भएका थिए ।
बिर्तामोड वडा न.१ स्थित विवेक मित्तलको घरमा बिजुलीको काम गर्दै गरेको अबस्थामा बिर्तामोड ४बस्ने वर्ष ३६ का भवित साह लडेर घाइते भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्