झापा, कात्तिक १ । भद्रपुरस्थित प्रादेशिक अस्पतालमा एक जना विरामी ठगिएका छन् ।

नक्कली सुन दिएर ती विरामीसंग तीन तोलाको सुनको सिक्री ठगी भएको हो । हिजो बिहान ११.३० बजे ८५ वर्षीय प्रदिपकुमार कार्की मुटुसम्बन्धी बिरामी भई फलोअपको लागि प्रादेशिक अस्पताल गएका थिए । अस्पताल अगाडि उभिरहेको अबस्थामा नाम र नम्बर नखुलेको स्कुटीमा दुईजना अपरिचित ब्यक्तिहरु आएर सुनजस्तो देखिने पहेंलो धातु देखाई कार्कीले लगाएको तीन तोला सुनको सिक्री ठगेका हुन् ।

‘यो मेरो सुनको बिस्कुट राख्नु’ भन्दै उनीहरुले कार्कीले लगाएको सुनको सिक्री ठगी गरी फरार भएका छन् । उनले वडा प्रहरी कार्यालय भद्रपुरमा आई लिखित निवेदन दिएपछि प्रहरी टोली खटिएर बुझ्ने कार्य भइरहेको र ठगी गर्ने मानिसहरुको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्