झापा, कात्तिक १ । कमल गाउँपालिकाले करारका लागि खोलेको अनमी र ल्याव टेक्निसियन पदको विज्ञापन रद्ध गरेको छ ।

अर्थ मन्त्रालयको परिपत्र अनुसार स्वीकृत दरवन्दी वाहिरका पदहरुमा करारमा कर्मचारी राख्न नपाउने व्यवस्था भएकोले यस कार्यालयबाट प्रकाशित ल्याव टेक्निसियन र अनमी पदको विज्ञापन कार्यपालिकाको असोज ३० गतेको बैठकले रद्ध गरेको हो । पालिकामा रहेका अन्य करारका कर्मचारीहरुलाई पनि हटाइने भएको छ । त्यसबारे कार्यपालिकाको बैठकले छिट्टै निर्णय गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले बताए ।
बिर्तामोड नगरपालिकाले हिजो १८ जना करारका कर्मचारीलाई कामबाट हटाएको छ । अन्तरिम सरकारले दरबन्दीभन्दा बढी कर्मचारी करारमा नराख्न निर्देशन दिएपछि झापाका विभिन्न पालिकाहरुले त्यसलाई कार्यान्वयन गर्दै करारका कर्मचारीहरुलाई निकाल्न थालेका हुन् ।