झापा,कात्तिक १ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेका छन् ।

शनिबार ओली पार्टी कार्यालयमा पुगेका हुन् ।
एमालेद्वारा पार्टी कार्यालयमा विजयदशमी, दीपावली, नेपाल संवत् र छठ लगायत पर्वहरूको अवसरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुन ओली त्यहाँ पुगेका हुन् ।