झापा, कात्तिक १ । चौथो बिर्तामोड रनको उपाधि नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बूले जितेका छन् ।

अनारमनी सामाजिक युवा क्लबको आयोजनामा आज बिहान भएको सो दौड प्रतियोगितामा पुरुषतर्फ प्रथम हुँदै नरेन्द्रसिंह राउतले नगद २५ हजार , मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै दोस्रो भएका कुलबहादुर बस्नेतले १५ हजार , मेडल र प्रमाणपत्र तथा तेस्रो भएका तेन्जिन शेर्पाले १० हजार मेडल र प्रमाणपत्र पाएका छन् ।

महिलातर्फ प्रथम हुँदै पुष्पा शेर्मा लिम्बूले २५ हजार नगद, मेडल र प्रमाणपत्र पाएकी छन् । दोस्रो भएकी दिपा बस्नेतले १५ हजार , मेडल र प्रमाणपत्र तथा तेस्रो भएकी मन्दिरा महताराले नगद १० हजार , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
अनारमनी सामाजिक युवा क्लबका अध्यक्ष राज मुखियाको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पबित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको समापन कार्यक्रममा अतिथिहरुमा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ ,बिर्तामोड वडा नं १० का वडा अध्यक्ष दुर्योधन गुरुङलगायतको उपस्थिति रहेको थियो । दौडमा नेपाली सेना , नेपाल प्रहरी ,बिभिन्न स्थानबाट आएका प्रतिष्पर्धीहरुको सहभागिता रहेको थियो ।