बिर्तामोड , कात्तिक २ । झापा बिर्तामोडको शितल मार्केटबाट ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

गएराति ८.१५ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी सहायक हवल्दार पुलिसराम मुडियारीको टोलीले बिर्तामोड वडा न.५शितल मार्केटबाट पाँचथर हिलिहाङ वडा न.६बस्ने बर्ष ३० का अशोक भन्ने डम्बरबहादुर मैनालीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर जस्तो देखिने दुईवटा पोका भेटिएको थियो ।
त्यस पोकामा प्लास्टिकसहित २२ग्राम ८५०मिलिग्राम र प्लास्टिकबाहेक १६ग्राम४५०मिलिग्राम ब्राउनसुगर फेला परेको छ । लागूऔषधसहित नियन्त्रणमा लिई उनलाई इप्रका बिर्तामोडमा राखिएको छ ।