झापा, कात्तिक ३ । होटलमा जुवा खेल्दै गर्दा संखुवासभाको खाँदबारीमा ७ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति १२.४५ बजे खाँदबारी १ बसपार्कमा जितकुमार राईले संचालन गरेको खुसुमा होटेलमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटिएर छापा मारेको थियो । त्यसक्रममा कौडा १६ वटा , ४ बुङ तास र नगद १ लाख ७२ हजार ९३५ रुपैयाँसहित ७ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा खाँदबारी १ बस्ने वर्ष ५७ का जितकुमार राई, पाँचखपन ४. बस्ने वर्ष ३२ का प्रेमबहादुर दर्जी, भोटखोला २ बस्ने वर्ष ३४ का किङसाङ भोटे, चैनपुर ११ बस्ने वर्ष ४७ का चेतनाथ बराल, खाँदबारी १ बस्ने वर्ष ३१ का रोहित कार्की , खाँदबारी ८ बस्ने बर्ष ४८ का बिनोद कटुवाल र भोटखोला ५ बस्ने बर्ष ३६ का काजी तामाङ रहेका छन् ।