झापा,कात्तिक ३ । कुकुर तिहारको अवसरमा सीमा नाका काँकडभिट्टामा चेकजाँचमा खटाइएका दुईवटा तालिमप्राप्त कुकुरलाई आज पूजाआजा गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टामा आज बिहान जोजो र साथी नाम गरेका दुईवटा कुकुरलाई मिष्ठान्न खुवाएर , फूलमाला र अबिर लगाइदिएर पूजा गरिएको हो । तालिम प्राप्त ती कुकुरहरु लागूऔषध , विष्फोटक पदार्थ , हतियारलगायतका वस्तुको चेकजाँचमा खटाइने गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाले जनाएको छ ।


