झापा, कात्तिक ३ । खोटाङमा मोेटरसाइकलमा जाँदै गरेकालाई बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन् ।

आज साँझ ७ बजे खोटाङ दिप्रङ चुइचुम्मा १ याम्खा बस्ने बर्ष २७ का रोशन खत्री र बर्ष २४ का मिलन खत्री प्र.१–०५–००१ प ५७६७ नं.को मोटरसाइकलमा दिक्तेलबाट याम्खा जाने क्रममा दिक्तेल रुपाकोट मझुवागढी ४ खाल्लेस्थित आले जंगलमा बाघले आक्रमण गरी घाइते बनाएको हो । दुवैलाई जिल्ला अस्पतालमा खोटाङमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ ।