झापा, कात्तिक ४ । राप्रपा अध्यक्ष तथा निवर्तमान सांसद राजेन्द्र लिङ्देन यस वर्ष प्रायः सबै मेलामा पुग्दा देख्नेहरु अचम्भित भएका छन् ।

दशैमा बाह्रदशीको फूलवारी मेलामा पुगेर चर्चा कमाएका लिङ्देन तिहारको उपलक्ष्यमा आज हल्दिवारीमा लागेको काली मेलामा पनि सहभागी भए । उनीसंगै पूर्व प्रदेश सांसद तथा माओवादी नेता पूर्णसिंह राजवंशी पनि मेला घुम्न आएका थिए ।
मेलामा लिङ्देनले आफ्ना र अरु राजनीतिक दलका नेता कार्यकर्तासंग भेटघाट गर्दा रमाइलो भएपनि कतिपयले विवाद झिक्ने गरेका छन् ।


