झापा, कात्तिक ५ । मोरङको ग्रामथानमा जुवा ,कौडा र नगदसहित पाँचजना जुवाडे पक्राउ परेका छन् ।

गएराति ११;४५ बजे ग्रामथान गाउँपालिका –३ सिद्राहा बाँसबारी चोकमा जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक सरोज खनाल,इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक कृष्णबहादुर खत्री ,इलाका प्रहरी कार्यालय हरैचा र प्रहरी चौकी झोराहाटसहितको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।

कौडा १५ थान,कौडा खेल्ने चर्कट एक थान, मोवाइल ६ थान,नगद रु ४८ हजार ५४० र बा ०१–०२६ च ६८५३ न.को कारसहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । पक्राउ पर्नेहरुमा बिराटनगर ३ बस्ने बर्ष ६७ का अरुण गुप्ता , बिराटनगर १ बस्ने बर्ष ५८ का विनोद कार्की , बिराटनगर १ बस्ने बर्ष ६८ का दिनेश कार्की ,बिराटनगर १ बस्ने बर्ष ४३ का विवेक सिंह र पर्सा बिरगंज १६ बस्ने बर्ष ४५ का प्रदिपकुमार जैसवाल रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्