झापा, कात्तिक ५ । जेनजी आन्दोलनका क्रममा चितवन कारागारबाट फरार बन्दी शिवसताक्षीमा पक्राउ परेका छन् ।

आज दिउँसो १२ः३० बजे इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका वडा नं. ८ बस्ने २७ वर्षीय विवश रोक्कालाई उनकै घरबाट पक्राउ गरेको हो । भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा उनी चितवन कारागारबाट फरार भएका थिए । उनी सालकको अखेटोपहार मुद्दामा पक्राउ परी थुनामा रहेका थिए ।