बिर्तामोड, कात्तिक ५ । झापाको बिर्तामोडमा आज समसाँझै एक युवकको हत्या भएको छ ।

इलाका प्रहरी कार्यालय बिर्तामोडदेखि करिव ५ सय मिटर दक्षिण बिर्तामोड नगरपालिका– ५ कंचनजंघा एफएम छेउ आज साँझ ६.३० बजेतिर एक युवकको हत्या भएको हो । स्थानीय ३२ वर्षीय जोगेन राजवंशीलाई अपरिचित दुई युवाले कन्चटमा बाँसले हिर्काइ हत्या गरेका हुन् । बाँस प्रहारबाट ढलेका घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल ल्याइपुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली खटिएर घटनामा संलग्न व्यक्तिहरुको पहिचान र खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी विजय श्रेष्ठले बताएका छन् ।

यसैबीच प्रहरीले हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भइसकेको जनाउँदै उनीहरुको खोजतलास जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्