झापा, कात्तिक ६ । झापा बिर्तामोड ५ का ३० वर्षीय जगन राजवंशीको हत्यामा संलग्न एक युवक पक्राउ परेका छन् ।

आज बिहानको राति २.१५ बजे बिर्तामोड ५ का २६ वर्षीय हेमकुमार चौधरीलाई शिवसताक्षी – ७ व्याङडाँडाबाट नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको छ । हिजो साँझ ६ः३० बजे झैझगडा हुँदा चौधरीले राजवंशीको कन्चटमा बाँस प्रहार गरेका थिए ।
घटनास्थलमै ढलेका राजवंशीलाई आफन्तले उपचारका लागि बीएण्डसी अस्पताल ल्याइपुर्याउँदा उनको मृत्यु भइसकेको थियो । उनी आफ्ना दाईसंग ग्रिलको काम गर्दै आएका थिए ।