झापा, कात्तिक ६ । झापाको गौरादह –५ स्कुलचौन बजारमा ग्याङफाइट गर्ने ६ जना युवा पक्राउ परेका छन् ।

हिजो दिउँसो २ बजे स्कुलचौन बजारमा पुरानो रिसिइबीको कारण युवाहरुको दुई समूहबीच ग्याङफाइट भएको थियो । प्रहरी चौकी महारानीझोडामा जानकारी प्राप्त हुनसाथ प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा ५ जना र इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बिपन बिश्वकर्माको कमाण्डमा ११ जनाको टोली खटिएर झै–झगडामा संलग्न युवाहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा दमक ७ बस्ने बर्ष २१ का प्रसान शेर्मा ,दमक ८ बस्ने बर्ष २० का रोहन लिम्बू ,दमक ८ बस्ने बर्ष २० का लियोज बजगाइ , दमक ८ बस्ने बर्ष २१ का सिसम थेवे लिम्बू ,दमक ८ बस्ने बर्ष २३ का डेबिड मगर र दमक ७ बस्ने बर्ष २१ का सुदर्शन सापकोटा रहेका छन् । उनीहरुलाई पक्राउ गरी इप्रका दमकमा राखिएको छ ।
यता हिजो दिउँसो १२ बजे भद्रपुर –१० सयपत्री मार्ग बस्ने अनार मुखियाकी छोरी वर्ष २६ की सुरेखा मुखियामाथि हतियार प्रहार भएको छ । तत्काल नाम थर वतन नखुलेको दुई जना पुरुषले धारिलो हतियार प्रहार गर्दा युवतीको बाँया हात र बाँया गालामा गहिरो चोट लागेको छ । उनको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । हतियार प्रहार गर्ने ब्यक्तिहरू फरार रहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।