झापा, कात्तिक ७ । भाइटीकाको दिन हिजो झापामा अत्यधिक सवारी दुर्घटना भएको छ । जिल्लाभरि भएका १० वटा दुर्घटनामा १९ जना घाइते भएका छन् ।


हिजो विहान ९ः३० बजे कमल वडा न.६ दहीचोकस्थित पाडाजुँगी– गौरीगंज सडकखण्डमा पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको तत्काल अल्फाबेट नम्बर नखुलेको सेतो रंगको कारले इभी साइकल यात्रीलाई ठक्कर दिएको छ ।साइकल चालक कमल वडा न.१ बस्ने ७२ वर्षीय टिकाराम गुरागाईको टाउकोमा चोट लागेको छ । उनको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ । फरार कारको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै हिजो मध्यान्ह १२ बजे कमल वडा न.३ सानो केर्खास्थित पूर्वपश्चिम लोकमार्गमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्रदेश न.१–०१–०१५ प १३२७ न. को मोटरसाइकल र दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको बा ७५ प ५०६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा १३२७ न.को मोटरसाइकल चालक इलाम चुलाचुली वडा न.१ बस्ने वर्ष ५३ का प्रकाश राई ,सोही मोटरसाइकलमा पछाडी सवार उनकी श्रीमती वर्ष ४८ की कल्पना राई र ५०६० नम्बरको मोटरसाइकल चालक मोरङ केराबारी वडा न.९ बस्ने वर्ष ३२ का उमेश बिक घाइते भएका छन् । तीनै जना घाइतेहरुको मनमोहन अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । दुबै मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी चौकी केर्खामा राखिएको छ ।

त्यस्तै हिजो दिउँसो ३ बजे शिवसताक्षी –७ ब्याङडाँडास्थित भित्री पक्की सडकखण्डमा शिवगंजबाट दुधे चौकतर्फ जाँदै गरेको प्र १–०१–०१४ प ५४४९ न.को मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री शिवसताक्षी ७ लालझोडा बस्ने वर्ष ८० का नर इन्द्रबहादुर राई घाइते भएका छन् । त्यस्तै मोटरसाइकल चालक शिवसताक्षी –११ बस्ने बर्ष ३२ का निर्मल बि.क. पनि घाइते छन् । दुबै जनालाई निम्स अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारका लागि लाईफलाईन अस्पताल रेफर गरिएको छ । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय शिवगंजको नियन्त्रणमा रहेको छ ।

त्यस्तै हिजो दिउँसो ४ः२० बजे शिवसताक्षी –११ दुधे पुलस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र ३–०१–०२२ च ४३२७ न.को कार र बिपरित दिशाबाट आउँदै गरेको प्र १–०१–०१८ प ३७४० न.को स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक इलाम चुलाचुली ४ बस्ने वर्ष ३७ का कृष्ण राई घाइते भएका छन् । घाइतेलाई कार चालक दमक ९ बस्ने वर्ष ४४ का हरि ढकालले उपचारको लागि बीएण्डसी अस्पताल लिएर गएका छन् । दुबै सवारी साधन इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो दिउँसो ४ः४० बजे मेचीनगर १२ सहरेडाँगीस्थित मेची राजमार्गमा बुधबारेबाट चारआलीतर्फ आउँदै प्र.१–०३–००१ प. ०३५८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल चालक मेचीनगर १२ बस्ने वर्ष ६५ का बर्मा मेचे घाइते भएका छन् । घाइते मेचेको बीएण्डके पोलिक्लिनिक चारआलीमा उपचार भइरहेको छ । त्यस्तै मोटरसाइकल चालक इलाम सूर्योदय ८ बस्ने बर्ष २१ का प्रबेश तामाङ , सोही मोटरसाइकलमा पछाडि सवार उनकी आमा बर्ष ४० की पुष्पा तामाङ र बहिनी बर्ष १२ की सुसाङ तामाङ पनि घाइते भएका छन् । तीनै जना घाइतेलाई मनकामना अस्पताल चारआली लगिएको थियो । पुष्पा तामाङ र सुसाङ तामाङलाई थप उपचारको बिर्तासिटी अस्पताल विर्तामोड पठाइएको छ ।

त्यस्तै हिजो दिउँसो ४ः४० बजे गौरीगंज ३ दन्तकालीस्थित गौरीगंज– तुलाचन हुलाकी सडकखण्डमा गौरीगंजबाट तुलाचनतर्फ जाँदै गरेको प्र१–०१–००१ह ९३९२ नम्बरको अटोले सोही दिशातर्फ जाँदै गरेका पैदल यात्री वर्ष ५७ की सिता राय कठेतलाई ठक्कर दिई घाइते बनाएको छ । घाइतेलाई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ । अटो र अटो चालक गौरीगंज १ बस्ने वर्ष १७ का करण महतोलाई इलाका प्रहरी कार्यालय गौरीगंजले नियन्त्रणमा लिएको छ ।

त्यस्तै हिजो साँझ ५ः३५ बजे मेचीनगर वडा न. ७ गोमनसरीस्थित भित्री सडकखण्डमा सतिघट्टाबाट भृकुटीतर्फ जाँदै गरेको मे ५ प ४७७१ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टिँदा मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने वर्ष ५० का बुधेश्चर राजवंशी घाइते भएका छन् । उनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । मोटरसाइकल चालक वर्ष ३० का रबिन उराउ भने सकुशल रहेका छन् ।

त्यस्तै हिजो साँझ ६ः२० बजे शिवसताक्षी वडा न. १० किरात चोकस्थित पूर्व–पश्चिम लोकमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ह ३६८९ नम्बरको अटो आफै अनियन्त्रित भई बाटोमुनि कल्भर्टमा छिर्दा अटोमा सवार मेचीनगर वडा न. ३ बस्ने वर्ष ४७ की चन्द्रकला लाम्गादे घाइते भएकी छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उपचारमा उनका श्रीमान अटो चालक वर्ष ५२ का कमल लाम्गादे संलग्न रहेका छन् ।

त्यस्तै हिजो साँझ ७ः४० बजे दमक वडा न.६ भृकुटी चोकस्थित भित्री सडकखण्डमा सगरमाथा चोकबाट भृकुटी चोकतर्फ जाँदै गरेको डब्लुबी ७९ बी५२५७ नम्बरको स्कुटी र बिपरित दिशाबाट आउँदै गरेको मे ६ प ९७८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा स्कुटी चालक भारत गौरीबास दार्जिलिङ बस्ने वर्ष २३ का नयन क्षेत्री ,सोही स्कुटी पछाडी सवार काठमाण्डौ बुढानिलकण्ठ वडा न.८ बस्ने वर्ष २८ का बिदान पोख्रेल , मोटरसाइकल चालक दमक वडा न.९ बस्ने वर्ष २६ का सुनिल लिम्बू र सोही मोटरसाइकलमा पछाडी सवार बर्ष ४२ का मिलन लिम्बू घाइते भएका छन् । घाइते चारैजनाको लाईफलाईन अस्पताल दमकमा उपचार भइरहेको छ । दुबै सवारी साधन नियन्त्रणमा लिई इप्रका दमकमा राखिएको छ ।

त्यस्तै गएराति ११ः३० बजे बाह्रदशी वडा न.६ पाख्रिबासस्थित भित्री सडकखण्डमा चकचकीबाट लक्ष्मीपुरतर्फ आउँदै गरेको मे ६ प ६७२८ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने बर्ष ४६ का रुपेश राजवंशी घाइते भएका छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्