झापा, कात्तिक ७ । तिहार , छठ र त्यसपछिको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै नेपाली सेनाले झापाका मुख्य बजारहरुमा संयुक्त गस्तीलाई तीब्रता दिएको छ ।

नेपाली सेनाको श्री अरिदमन गण झापाले तिहार र छठ तथा त्यसपछिको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै दिन र रात दुबै समयमा झापा जिल्लाका मुख्य बजारहरु सदरमुकाम चन्द्रगढी , बिर्तामोड, काँकडभिट्टा, दमक, गौरादहलगायतलाई केन्द्रित गरी गस्ती कार्बाही संचालन गरेको हो । त्यस गस्तीमा जनपद प्रहरी र सशस्त्र प्रहरी पनि सहभागी छन् । कात्तिक ३ गतेदेखि शुरु गरिएको संयुक्त गस्ती १५ गतेसम्म संचालन हुने अरिदमन गण चारआलीले जनाएको छ ।





