झापा, कात्तिक ७ । आज बिहान खोलाले बगाएर ताप्लेजुङमा एकजना बेपत्ता भएका छन् ।

आज बिहान १० बजे फुङलिङ– ७ दोखु बस्ने ३० वर्षीय राजन काम्बाङ ससुरालीबाट घर फर्कने क्रममा फुङलिङ ८ मा रहेको खड्कुले तमोर खोलामा पौडी खेल्ने क्रममा अचानक खोलाले बगाई बेपत्ता भएका हुन् ।

प्रहरी चौकी मेवाखाबाट ३ जनाको टोली खटिएर खोलाले बगाई बेपत्ता भएका काम्बाङको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्