झापा, कात्तिक ८ । झापाको भद्रपुरमा बोल्न नसक्न बेवारिसे मानिस फेला परेको छ ।

गएराति ८ः३० बजे भद्रपुर नगरपालिका –८ शान्ति चोकमा तत्काल नाम थर बतन नखुलेको बर्ष ५५–६० को देखिने बोल्न नसक्ने पुरुष फेला परेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक मोतिलाल योन्जन तामाङको कमाण्डमा प्रहरी टोली खटिएर ती बेवारिसे मानिसलाई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याएर राखिएको छ । उनको बारेमा बुझ्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्