झापा, कात्तिक ८ । तिहारमा देउसी खेल्न गएकी झापा दमककी एक बालिका बेपत्ता भएकी छन् ।

असोज ६ गते साँझ ६ः३० बजे दमक ४ तारावारी बस्ने केशव परियारकी छोरी बर्ष १४ की करुना परियार देउसी खेल्न जान्छु भनी घरबाट हिडेकी थिइन् । उनी हालसम्म पनि सम्पर्कमा नआएको परिवारले जनाएको छ । आफ्ना आफन्त, साथीहरु समेतमा समेत खोजतलास गर्दा फेला नपरेपछि उनकी आमा कल्पना परियारले हिजो इलाका प्रहरी कार्यालय दमकमा हुलियासहितको निवेदन दिएकी छन् । इप्रका दमकबाट टोली खटिएर खोजतलास भइरहेको जनाइएको छ ।

त्यस्तै झापा गाउँपालिका वडा न.७ मदरगाछ बस्ने अर्की किशोरी पनि बेपत्ता भएकी छन् । तिहारका बेला असोज ५ गते बिहान ११ बजे झापा गाउँपालिका वडा न.७ मदरगाछ बस्ने श्याम चक्रवर्तीकी छोरी बर्ष १७ की पुजा चक्रवर्ती घरबाट कोही कसैलाई नसोधी आफूखुशी हिडेकी थिइन् । उनी हालसम्म घर फर्की नआएको र आफन्त, छरछिमेक, नातागोता,साथीभाइसंग सोधपुछ गर्दा फेला परेकी छैनन् । बुवा श्याम चक्रवर्तीले हिजो प्रहरी चौकी शरणामतिमा छोरी हराएको हुलियासहितको निवेदन दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्