झापा, कात्तिक ९ । बैदेशिक रोजगार ठगी गरेको आरोपमा झापा मेचीनगरका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर – ६ काँकरभिट्टा बस्ने ४३ वर्षीय मिलनकुमार राई रहेका छन् । बैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौको गत असोज २३ गतेको पत्र अनुसार बैदेशिक रोजगार ठगी मुद्धामा राईलाई गत सोमवार पक्राउ गरिएको थियो ।

उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएकोमा थप आवश्यक कारवाहीको लागि हिजो बैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौ पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्