झापा, कात्तिक ९ । मोडिफाई गरेको मोटरसाइकल कुदाएर प्रहरीसंग विवाद गर्ने दुईजना दमकमा पक्राउ परेका छन् ।

फाइल तस्वीर

गएराति १२.३० बजे दमक वडा न. ६ थानारोडमा मोडिफाई गरेको मोटरसाइकल कुदाइरहेको अबस्थामा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी सहायक निरीक्षक श्यामकृष्ण यादव नेतृत्वको प्रहरी टोलीले रोकेर सोधपुछ गर्दा प्रहरीसँग विवाद गरेका थिए । ती मोटरसाइकल चालकहरुले झन्डै प्रहरीलाई नै ठोक्काएका थिए ।

त्यसरी कुदाउने बा.प्र ०२–०३५ प १६९० न.को. मोटरसाइकल चालक इलाम चुलाचुली वडा नं. १ बस्ने ४० वर्षीय भिमबहादुर फागो र मे ७ प ६८१४ न. को मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय सागर शेर्पालाई नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई दुईवटा मोटरसाइकलसहित नियन्त्रणमा लिई इप्रका दमकमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्