झापा,कात्तिक २ । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन्।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
शपथ लिनेमा सुधा शर्मा गौतम र बब्लु गुप्ता रहेका छन्। यसअघि प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले शर्मालाई स्वास्थ्य तथा जनसंख्या र गुप्तालाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका थिए।
यस्तै मन्त्रीमा सिफारिस भएकामध्ये खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको विवाद भएपछि शपथ रोकिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्