झापा, कात्तिक १० । झापाको बिर्तामोड– २ चैतुबारीस्थित पाथिभरा भेनियर एण्ड प्लाई उद्योगभित्र आगलागी भएको छ ।

हिजो राति उद्योगभित्र रहेको गाईगोठमा खोले पकाउँदै गर्दा आगोको झिल्का उछिट्टिएर नजिकै रहेको गाडीको तेल राख्ने खाली ड्रममा सल्किएको थियो । आगलागीबाट गाईगोठ पूर्णरुपमा जलेर नष्ट भएको छ । साथै नजिकै रहेको कम्पनीको स्टाफ खाजा घरमा समेत आगो पसी त्यहाँ रहेको बिजुली वाइरिङ, फेन, फ्रिज जलेर नष्ट भएको छ ।
उक्त आगलागी कम्पनीका कामदार, बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट अन्दाजी दुई लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।



