झापा, कात्तिक १० । जंगली हात्तीले हल्दीबारी गाउँपालिका वडा नं ४ स्थित पाथिभरा सिंहकाली मन्दिरमा क्षति गरेको छ ।

हिजो मध्यरातमा दुईवटा जंगली हात्ती पाथिभरा सिंहकाली धार्मिक तथा पर्यटकीय परिसरभित्र प्रवेश गरी क्षति गरेका हुन् । हात्तीले उक्त मन्दिरको स्टोर भवनको बायाँपट्टिको झ्याल तथा कम्पाउन्ड दिवाल भत्काई अन्दाजी २० हजार बराबरको भौतिक क्षति गरेको प्रहरीले जनाएको छ ।

मन्दिरमा भएको क्षतिका बारेमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेलले प्रहरी चौकी जलथलमा जानकारी गराएका छन् ।




