झापा, कात्तिक १० । केन्द्रीय कारागार सुनधाराबाट फरार एकजना बन्दी इलाममा पक्राउ परेका छन् ।

आज बिहान ८ बजे इलाम देउमाई नगरपालिका वडा नं–८जितपुर बस्ने २९ वर्षीय महावीर राई पक्राउ परेका हुन् । लागूऔषध ब्राउनसुगर कारोवारको आरोपमा उनी २०८० साउन २५ गते काठमाण्डौमा पक्राउ परेका थिए । लागूऔषध मुद्धामा केन्द्रीय कारागार सुनधारामा पुर्पक्षमा रहेका राई जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

आफ्नै घरमा बसिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनलाई इप्रका मंगलबारेमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्