झापा, कात्तिक १० । छठ पूजामा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी झापाका पूजास्थलमा नेपाली सेनासहितको सुरक्षा फौज परिचालन गरिएको छ ।

बढी भीडभाड भएका छठ पूजास्थलमा सेनासहितको संयुक्त सुरक्षा फौज परिचालन गरिएको श्री अरिदमन गण चारआलीले जनाएको छ । झापामा मेची , बिरिङ, निन्दा , अन्धुवा, घाग्रा , कन्काई , रतुवालगायत दुई दर्जन नदी तथा जलासयमा छठ पूजा आयोजना गरिएको छ । विगत एक सातादेखि जिल्लाका मुख्य बजारहरुमा दिन र रात दुवै समयमा नेपाली सेना , सशस्त्र प्रहरी र जनपद प्रहरीले संयुक्तरुपमा गस्ती गर्दै आएका छन् ।






