झापा, कात्तिक ११ । झापाको दमकमा लागूऔषध ब्राउनसुगरसहित एकजना सिटी सफारी चालक पक्राउ परेका छन् ।

हिजो साँझ ७ बजे दमक वडानं.९ शान्ती चोकमा लागूऔषध बिक्री गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक ९बस्ने ३६वर्षीय मनोज धिमाललाई पक्राउ गरेको हो । उनले चलाई रोकीराखेको मे १ ह ७०६५नम्बरको सिटी सफारीको सिटमुनि लुकाईछिपाई राखेको अवस्थामा प्लाष्टिकबाहेक ६ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
सटीसफारीसहित उक्त लागूऔषध र उनको साथमा रहेको नगद १८हजार बरामद गरी धिमालमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



