झापा, कात्तिक ११ । गोरेटो बाटोबाट लडेर पाँचथरमा एक युवकको मृत्यु भएको छ ।

हिजो साँझ पाँचथर फाल्गुनन्द–४ च्याप्लुङ बस्ने २६ वर्षीय गोपाल नेम्वाङ आफ्नै घरनजिकै गोरेटो बाटोबाट अन्दाजी ५०० मिटर माथिबाट लडेका थिए । त्यति माथिबाट झर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

शवको कानुनी प्रकृया पुरा गरी पोस्टमार्टमको लागि जिल्ला अस्पताल फिदिम ल्याई शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्