झापा, कात्तिक ११ । झापाको गौरीगंजमा लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

आज दिउँसो ४ः३० बजे गौरीगंज गाउँपालिका वडा न.५ फत्तेपुर बोर्डरमा भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री दमक –३ बस्ने २७ वर्षीय निमा दोर्जी तामाङ र सोही ठाउँ बस्ने ३८ वर्षीय सुकबहादुर राई लागूऔषधसहित पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको टोलीले शंका लागेर चेकजाँच गर्दा निमा दोर्जी तामाङको साथबाट प्लाष्टिकबाहेक ४ ग्राम ११० मिलिग्राम ब्राउनसुगर फेला परेको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगंजमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्