झापा,कात्तिक १२ । काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ ।

विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बुधबार बिहान काठमाडौँको वायु प्रदूषण १६७ एक्यूआई मापन गरिएको छ ।
पहिलो नम्बरमा पाकिस्तानको लाहोर शहर रहेको छ । यहाँको वायु प्रदूषण ४५८ एक्यूआई मापन गरिएको छ ।
छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको दोस्रो स्थानमा छ । २२६ एक्यूआईसहित दिल्ली विश्वै दोस्रो प्रदूषित सहर बनेको हो ।
तेस्रो प्रदूषित शहरमा चीको बेइजिङ रहेको छ । त्यहाँको वायु प्रदूषण २१५ एक्यूआई मापन गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्