भद्रपुर, कात्तिक १२ । भद्रपुर–९ स्थित चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्चस्व कायम गरेको छ ।

नेपाली काँग्रेस र नेकपा (एमाले) गठबन्धनका साझा उम्मेद्वार बद्रीप्रसाद उप्रेतीलाई १९७ मतान्तरले पराजित गर्दै रास्वपाका जगतप्रसाद तिवारी अध्यक्षमा निर्वाचित भएका हुन् । मंगलबार सम्पन्न निर्वाचनबाट तिवारीले ४२३ र निकटतम् प्रतिष्पर्धी उप्रेतीले २२६ मत ल्याएका छन् ।
त्यसैगरी उपाध्यक्षमा रास्वपाका घनश्याम अधिकारी ३२७, सचिवमा गठबन्धनबाट सन्तोषकुमार खड्का राजु ३२४, सहसचिव रास्वपाकी बिमला पौडेल दाहाल ४१३ र कोषाध्यक्षमा रास्वपाकी कल्पना पौडेलले २६१ मत ल्याई विजयी भएका छन् । त्यस्तै सदस्यहरूमा टेकबहादुर रोका, भिमप्रसाद निरौला, सुरेश घिमिरे र निरा भुजेल विजयी भएको निर्वाचन समितिका सदस्य राजु बरालले जानकारी दिए । कुल मतदाता ८९५ रहेकोमा निर्वाचनमा ७८९ मत खसेको थियो ।



