झापा, कात्तिक १३ । प्रतिबन्धित लागूऔषधसहित झापाको कमलमा पाँचजना पक्राउ परेका छन् ।

गएराति कमल गाउँपालिका वडा नं. ५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा पाँचजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा कमल वडा नं. ५ बस्ने २७ वर्षीय बिष्णु राजवंशी ,कमल ३ बस्ने २२ वर्षीय मौसम तामाङ , वडा नं. १ बस्ने १८ वर्षीय सावन जवेगु , शिवसताक्षी वडा नं. ११ बस्ने २१ वर्षीय रुस्तम बर्देवा र सोही ठाउँ बस्ने १९ वर्षीय रुचल मगर रहेका छन् । राजवंशीको घर कोठाबाट ट्रामाडोल ८०० क्याप्सुल, स्पास्पेन ३०० ट्याब्लेट, र डिसाइक्लोमिन ५०० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।




