झापा, कात्तिक १३ । झापाको मेचीनगर– १३ स्थित हातेमालो सामुदायिक वनभित्र एउटा कार हुलेर चालकले आगजनी गरेका छन् ।

आज विहान १० बजेतिर चन्द्रगढी–चारआली सडकअन्तर्गत गोरखकाली सिमेन्ट फ्याक्ट्रीदेखि पश्चिमपट्टि जंगलभित्र लगेर कारमाथि आगजनी गरिएको हो । आगजनीबाट कार जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । सडकदेखि करिव २ सय मिटर पश्चिम जंगलमा कार जवरजस्ती हुलेर आगो लगाएर चालक भागेको हातेमालो सामुदायिक वनका अध्यक्ष चन्द्र सिग्देलले बताए । उनले कारलाई जंगलमा जबरजस्ती हुल्दै गरेको स्थानीयले देखेको जानकारी दिए ।

कारसहित वेपत्ता भएका शर्मा

सो कार झापा शिवसताक्षी नगरपालिका १० माईधारका सरोज शर्माको भएको खुलेको छ । बाग्मती प्रदेश ०१–०३च७१९४ नं को कारसहित शर्मा चार दिन अघिदेखि वेपत्ता भएका थिए । कात्तिक ९ गते दिउँसो ३.५५ बजे ३३ वर्षीय सरोज शर्मा (विवाहित) घरमा कोही कसैलाई नसोधि घरबाट सो कार लिएर सम्पर्कबिहीन बनेका थिए । कारलाई चालकले जंगलमा आगो लगाइदिएर भागेको अनुमान गरिएको छ । त्यसबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्